·

हिमालयन हाइड्रोपावरलाई १:१ अनुपातमा हकप्रद शेयर निष्कासनको प्रारम्भिक स्वीकृति

Author

NEPSE TRADING

हिमालयन हाइड्रोपावरलाई १:१ अनुपातमा हकप्रद शेयर निष्कासनको प्रारम्भिक स्वीकृति

हिमालयन हाइड्रोपावर लिमिटेड (HHL) ले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न विद्युत् नियमन आयोग (ERC) बाट प्रारम्भिक स्वीकृति प्राप्त गरेको छ। कम्पनीले विसं २०८० बैशाख २१ गते हकप्रद शेयर निष्कासनका लागि आयोगमा आवेदन दिएको थियो। प्रस्तावअनुसार कम्पनीले हालको १ अर्ब ९ करोड रुपैयाँ चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ करोड ९५ लाख कित्ता हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ। हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। उठाइएको रकम आयोजना निर्माण सम्पन्न गर्न तथा बाँकी निर्माणसम्बन्धी खर्च भुक्तानी गर्न प्रयोग गरिनेछ। तर, नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अन्तिम स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गरिनेछ। हाल कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ ६० पैसा रहेको छ।

Related News