·
हुलास स्टिलले हकप्रद सेयर निष्कासन सुरु
Author
Nepse trading

हुलास स्टिल इन्डष्ट्रिज लिमिटेडले आज फागुन १८ गतेदेखि १७ लाख १२ हजार ०६ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ। १००:२२.१८००१२९ को अनुपातमा प्रतिशेयर १०० अंकित दरको यो हकप्रदमा पुस २८ सम्मका सेयरधनीले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन्। इच्छुक नभएका सेयरधनीले आफ्नो हक अन्य सेयरधनीलाई बेच्न सक्नेछन्। दरखास्त फाराम कम्पनीको रजिष्टर्ड कार्यालय, गोल्छा हाउस, काठमाडौंबाट उपलब्ध छ।