शिवश्री हाइड्रोपावर लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक क्षेत्री नियुक्त
Author
NEPSE trading

शिवश्री हाइड्रोपावर लिमिटेडले कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालकको रुपमा श्री जनक क्षेत्रीलाई नियुक्त गरेको छ। कम्पनीको २०८१ साल जेठ १५ गते ९बुधवार० बिहान ११स्०० बजे बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
कम्पनीले जनक क्षेत्रीलाई नियमनकारी निकायहरूको नियमअनुसार स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरिएको जानकारी नेपाल स्टक एक्सचेन्जलाई पत्रमार्फत दिएको छ। क्षेत्री गा।पा। वडा नं। ४, गुनपा, गाजोफिकर, धादिङ निवासी हुन्।
कम्पनीका अधिकृत प्रतिनिधि हस्ताक्षरकर्ता मार्फत पठाइएको उक्त जानकारीमा नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय र सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई समेत जानकारीका लागि पत्र पठाइएको उल्लेख छ।
शिवश्री हाइड्रोपावर लिमिटेड बुढानगर, काठमाडौंस्थित कार्यालयबाट सञ्चालित छ।
