·

कामना सेवा बैंकद्वारा पुनर्निर्माण र प्रहरीलाई सहयोग

Author

NEPSE TRADING

कामना सेवा बैंकद्वारा पुनर्निर्माण र प्रहरीलाई सहयोग

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत हालैको ‘जेन-जेड’ आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण र प्रभावित कार्यालयलाई सहयोग गर्ने घोषणा गरेको छ।

बैंकले मोरङ, विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालयको पुनर्निर्माण गर्ने भएको छ। यस सम्बन्धमा मालपोत अधिकृत अजय राजबंशी र कमन सेवा बैंकका प्रदेश प्रमुख खिमलाल भुषालबीच सम्झौता भएको छ। क्षतिको मूल्यांकन सम्पन्न भएपछि पुनर्निर्माण कार्य सुरु गरिने बैंकले जनाएको छ।

त्यसैगरी, आन्दोलनका क्रममा उपकरण नष्ट भएको पथरीस्थित क्षेत्रीय प्रहरी कार्यालयलाई आवश्यक कम्प्युटर प्रदान गरेर पुनः सञ्चालनमा आउन सहयोग गरेको छ।

बैंकले आगामी दिनमा पनि वडा कार्यालय, भूमिसुधार कार्यालय, मालपोत कार्यालय तथा प्रहरी कार्यालयलगायतका सरकारी निकायहरूको मर्मत र पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Related News