कुमारी बैंकले १,६२,९६७ कित्ता संस्थापक सेयर बिक्री खुला गर्ने
Author
NEPSE trading
काठमाडौं, जेठ ३१ - कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ६२ हजार ९६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।
- सेयर संख्या: १,६२,९६७ कित्ता
- आवेदकहरु: कुमारी बैंकका विद्यमान अन्य संस्थापक सेयरधनी
- मूल्य: बिक्रेताले तोके बमोजिम
- आवेदन अवधि: आज जेठ ३१ गतेदेखि ३५ दिन भित्र
- आवेदन स्थान: कुमारी बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय, नक्साल नागपोखरी, काठमाडौं
- आवेदन प्रक्रिया: इच्छुक संस्थापक सेयरधनीले सेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ
- अवधि पश्चात प्रक्रिया: उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने