·
लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका!
Author
Nepse trading

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज (फागुन १) अन्तिम दिन हो। कम्पनीले फागुन २ गते बुक क्लोज गर्दैछ, जसअन्तर्गत आजसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन्। यस इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न फागुन १५ गते वार्षिक साधारण सभा डाकिएको छ। सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ। सेयरधनीहरूलाई समयमै तयारी गर्न अनुरोध गरिएको छ।