·
बलेफी हाइड्रोपावरको अवितरित शेयर खरिदको अन्तिम दिन भोलि
Author
Nepse trading

बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि बिक्रीमा राखेको १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित शेयर खरिद गर्ने अन्तिम दिन भोलि फागुन १९ रहेको छ। यसमा संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर समावेश छन्। लकइन अवधि चैत २९ गते सकिनेछ। न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने आवेदन न्यूनतम १०० कित्तादेखि सम्पूर्ण कित्तासम्म दिन सकिनेछ।