·

एमबीएल इक्विटी फण्ड आजदेखि निष्कासनमा

Author

Nepse trading

एमबीएल इक्विटी फण्ड आजदेखि निष्कासनमा

सामूहिक लगानी कोष “एमबीएल इक्विटी फण्ड” आजदेखि निष्कासनमा आएको छ। प्रतिइकाई १० रुपैयाँका दरले १२ करोड इकाई जारी गरिएको यो फण्डमा १ करोड ६८ लाख इकाई कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक र १२ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल लिमिटेडका लागि सुरक्षित छ। बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ।

लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। निष्कासन फागुन २६ मा बन्द हुने र आवश्यक परे चैत ७ सम्म लम्बिन सक्छ। आवेदन आस्बा सदस्य बैंक, वित्तीय संस्था वा मेरो शेयरमार्फत गर्न सकिनेछ। यो १२ वर्षे बन्दमुखी योजना हो।

Related News