·

नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन खुला

Author

NEPSE TRADING

नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन खुला

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले आज असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअन्तर्गत २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरका २६ लाख २४ हजार ६७६ कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन हुनेछ। हकप्रद प्रयोजनका लागि बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो, जसअनुसार भदौ ८ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। आवेदन असोज २२ गतेसम्म दिन सकिनेछ।

यस हकप्रद निष्काशनलाई इक्रा नेपालले ‘इक्राएनपी इश्यूअर रेटिङ्ग सी प्लस’ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ। लगानीकर्ताले उक्त क्यापिटलका साथै ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू तथा नारायणी डेभलपमेन्ट बैंकका विभिन्न शाखाबाट प्रत्यक्ष आवेदन दिन सक्नेछन्। त्यस्तै, आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि-आस्बा प्रणाली प्रयोग गरी तथा मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिन्छ।

हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ भने हकप्रद बाँडफाँटपछि पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ। यसबाट संकलित रकम बैंकले धितोपत्र, सरकारी ऋणपत्र, म्युचुअल फण्डमा लगानी गर्नाका साथै शाखा विस्तार र भौतिक पूर्वाधार विकासमा प्रयोग गर्नेछ।

Related News