·

नेको इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश घोषणा

Author

NEPSE TRADING

नेको इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश घोषणा

नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १२.७८ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सो लाभांश शेयरधनीलाई वितरण गरिनेछ।

Related News