नेपाल राष्ट्र बैंकद्वारा निष्क्रिय खातासम्बन्धी सूचना सार्वजनिक
Author
NEPSE trading
नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता (Dormant Account) व्यवस्थापनसम्बन्धी जानकारी दिन एक महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले तीन वर्षभन्दा बढी कारोबार नभएको बचत खाता र एक वर्षभन्दा बढी कारोबार नभएको चालु खातालाई निष्क्रिय खाता घोषणा गर्ने व्यवस्था गरेको छ।
निष्क्रिय भएका खातालाई पुनः सक्रिय बनाउन खातावालले आवश्यक कागजात पेश गर्नुपर्नेछ। खातावालको मृत्यु भएमा वैधानिक उत्तराधिकारीहरूले प्रमाणपत्र पेस गरेर खाता सक्रिय बनाउन सक्नेछन्।
विद्युतीय माध्यमबाट पहिचान गरी प्रक्रिया सरल बनाइएको छ, र खातावालबाट कुनै पनि शुल्क लिने व्यवस्था छैन। १० वर्षसम्म कारोबार नभएका खाताको रकम बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक सूचना प्रकाशित गरी राष्ट्रिय सञ्चय कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
अधिक जानकारीका लागि नेपाल राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np मा जान सकिन्छ वा तोकिएका सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिन्छ।
#TuesdayFinLitNRB #नेपाल_राष्ट्र_बैंक