·

राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्ने

Author

NEPSE TRADING

राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्ने

नेपाल राष्ट्र बैंकले आज (बुधवार) ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत वित्तीय प्रणालीबाट झिक्ने भएको छ। वित्तीय प्रणालीमा लगातार अधिक तरलता रहँदा ब्याजदर व्यवस्थापनका लागि केन्द्रिय बैंकले यो कदम चालेको हो।

हाल देशभरका बैंक तथा वित्तीय संस्थामा जम्मा निक्षेप ७४ खर्ब रुपैयाँ नाघेको छ। यसै कारण राष्ट्र बैंकले खुला बजार सञ्चालन प्रक्रियाअन्तर्गत निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत थप तरलता व्यवस्थापन गर्दै आएको छ।

आज हुने बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। बोलकबोलमा सहभागी संस्थाले प्रस्ताव गर्ने ब्याजदरका आधारमा न्यूनतम ब्याजदर बोल गर्नेलाई प्राथमिकता दिइनेछ।

अनलाइन प्रणालीमार्फत बोलकबोल हुने यो निक्षेप संकलन उपकरणको सावाँ र ब्याज भुक्तानी मिति २०८३ बैशाख ९ गते तोकिएको छ। निक्षेप बोल गर्न सकिने न्यूनतम रकम १० करोड र त्यसपछि प्रत्येक ५ करोडले भाग जाने गरी व्यवस्था गरिएको छ।

खुला बजार कारोबार कार्यविधिअनुसार दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा अधिकतम ६ महिनासम्मको अवधिका लागि यस्तो निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। यही प्रावधानका आधारमा राष्ट्र बैंकले पटक–पटक निक्षेप संकलन उपकरणमार्फत बजारको ब्याजदर स्थिर राख्ने प्रयास गर्दै आएको हो।

Related News