·

नेपाल राष्ट्र बैंकद्वारा निक्षेप संकलनको लागि रु.२५ अर्बको बोलकबोल हुने,

Author

Nepse trading

नेपाल राष्ट्र बैंकद्वारा निक्षेप संकलनको लागि रु.२५ अर्बको बोलकबोल हुने,

नेपाल राष्ट्र बैंक (एनआरबी) ले आज फागुन १३ गते रु.२५ अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको छ। २२ दिनको अवधिको लागि हुने यो निक्षेप संकलनको बोलकबोल मध्यान्ह ३ बजेसम्म तोकिएको छ भने ब्याजदर बोलकबोलको आधारमा निर्धारण हुनेछ। साँवा र ब्याज भुक्तानी २०८१ चैत ६ गते हुने जनाइएको छ। न्यूनतम रु.१० करोड र अधिकतम रु.५ करोडले भाग जाने गरी बोल गर्न सकिनेछ, र यो उपकरणको धितो अन्य बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्न सकिनेछ। नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिई रकम बाँडफाँड गरिने र समान ब्याजदरका बोलहरूको हकमा प्रो-राटा आधारमा वितरण हुने बैंकले जनाएको छ। स्वीकृत बोलपत्रको रकम सम्बन्धित खाताबाट लिइनेछ र अपर्याप्त मौज्दात भए कालोसूचीमा राखिनेछ। संकलित रकम चैत ६ गते ब्याजसहित फिर्ता गरिनेछ, तर यो अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन। थप जानकारीका लागि https://www.nrb.org.np वेबसाइट मा हेर्न सक्नु हुनेछ।

Related News