बढ्यो नेप्से, प्राविधिक रुपमा बजार सपोर्टमै, मौद्रिक नीतिको समीक्षा कुर्दै लगानीकर्ता
Author
Nepse trading

लगातार पाँचदिन घटेको शेयर बजारमा साताको तेस्रो दिन आज मंगलबार भने सुधार देखिएको छ । नेपालको शेयर बजार मापक नेप्से आज सूचक तत वृद्धि भई २६८३.८६ अंकमा पुगेको छ । आजको बजारमा कुल ७ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा २९९ कम्पनीहरू सहभागी भएका छन्, जसमा १ करोड ३९ लाख ६८ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकमको आधारमा सीइडीबी होल्डिङ्स अग्रस्थानमा रहँदा दोस्रो र तेस्रो स्थानमा क्रमशः न्यादी हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर परेका छन् ।

आज ४ वटा कम्पनी सकारात्मक सर्किट लेवलमा कारोबार भएका छन् भने ५ वटा समूहका सूचकहरू सकारात्मक देखिएका छन् । विशेष गरी विकास बैंक समूहमा आज लगानीकर्ताको चाप देखिएको थियो । आजको बजार बढेसँगै बजार पुजिकरण ४४ खर्ब ५५ अर्ब ४२ करोड पुगेको छ ।
अहिले आम लगानीकर्ताहरू मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा को प्रतीक्षामा छन्। लगानीकर्ताहरू बजारलाई अगाडि बढाउन नीतिगत सहुलियतको आशामा बसेका छन्। सेयर धितो कर्जाको जोखिम अझै पनि उच्च रहेको विश्लेषण गरिदै आइएको छ । हाल व्यक्तिगत लगानीकर्ताका लागि १५ करोडको सीमा यथावत् छ । बैंक तथा वित्तीय संस्थाहरूले सेयर बजारमा अल्पकालीन लगानी गर्न पाउनुपर्ने माग राखिरहेका छन्। हाल १ वर्षभन्दा कम अवधिका लागि सेयर कारोबार गर्न नपाइने व्यवस्था छ, जसलाई परिवर्तन गर्न माग भइरहेको छ ।
केन्द्रीय बैंकले यसअघि धेरै नीतिहरू खुकुलो बनाइसकेको छ, तर गभर्नर महाप्रसाद अधिकारीको अन्तिम मौद्रिक नीति समीक्षा भएकाले सकेसम्म सबैलाई खुशी बनाउने रणनीति लिने अपेक्षा लगानीकर्ताले गरेका छन् । उच्च स्रोतको दावी अनुसार थप लचक नीतिहरू आउन सक्ने सम्भावना छ, जसले बजारमा सकारात्मक प्रभाव पार्नेछ ।
बजार २७ सयको तहबाट तल झरेपछि केही सुस्त देखिए पनि पछिल्ला दिनहरूको कारोबार सकारात्मक रहेको छ । सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीहरूको मुख्य वित्तीय सूचकहरू अध्ययन गरी लाभांश क्षमतायुक्त कम्पनीहरूमा लगानी गर्दा लाभ लिन सक्ने सम्भावना देखिन्छ । तर केहि विश्लेषकले १२ देखि १५ अर्बको दैनीक कारोबार नभए सम्म लगानी सुरक्षीत नहुने दावी गर्दै आएका छन् । हाल बजार बुल कै चरणमा रहेको र हाल जारी साइडवेज बुलकै एउटा चरण भएको कतीपयको बुझाई छ । तर, टे«डरको लागी बजार हाल पनि उपयूत्त भएको र इन्भेष्टरको लागी पनि फन्डामेन्टल मिड क्याप र हाई क्याप उपयुत्त भएको विश्लेषण गरिएको छ । बजार बुझेका र बेच्न सक्ने खुबि भएका लगानीकर्ताले हाल शेयर खरिद गरिरहेको बताइन्छ । तर बजारमा कम जानकारी राख्ने र जागिरे जिवन साथै अन्य काममा व्यस्त हुने लगानीकर्ताले भने हालको बजारमा फण्डामेन्टल रुपमा बलीया कम्पनीमा लगानी गर्नु पर्ने विश्लेषकले बताउँदै आएका छन् ।
प्राविधिक विश्लेषण

बजारले अहिले २६५०–२६६० अंकको आसपास बलियो आधार (सपोर्ट) बनाएको देखिन्छ । यदि बजारले यो स्तर माथि टिक्न सके भने सूचकले छिट्टै पहिलो लक्ष्य २७८५ अंक पुग्न सक्छ ।
हाल बजारमा उकालो चढ्ने संकेत (ज्ष्नजभच ज्ष्नज र ज्ष्नजभच ीयध) देखिएको छ, जसले बजार विस्तारै राम्रो दिशामा अघि बढिरहेको देखाउँछ। तर, बजार २७०० अंकको आसपास पुग्दा अलि दबाबमा पर्ने गरेको छ, किनकि यहाँ धेरै लगानीकर्ताले नाफा बुक गर्ने गरेको देखिन्छ।
यदि बजारले यो प्रतिरोध पार गर्न सकेन भने सूचक फेरि झरेर २५६०–२४८० अंक आसपासको समर्थन क्षेत्रमा जान सक्छ। आजको कारोबार रकम ७ अर्ब २४ करोड रुपैयाँभन्दा बढी रहेको छ, जसले बजारमा लगानीकर्ताको सक्रियता अझै राम्रो रहेको संकेत गर्छ। समग्रमा बजार स्थिर देखिए पनि लगानीकर्ताले सावधानीपूर्वक निर्णय लिनु उपयुक्त हुने टेक्नीकलका पण्डीतहरुले बताएका छन् ।
ब्रोकर विश्लेषण
शीर्ष १० ब्रोकरहरूले गरेको सेयर कारोबारको विश्लेषण गर्दा ब्रोकर ५८ ले सबैभन्दा बढी कारोबार गरेको देखिन्छ। यस ब्रोकरको खरिद रकम करिब ३५ करोड ५३ लाख रुपैयाँ र बिक्री रकम करिब ३१ करोड ६० लाख रुपैयाँ रहेको छ, जसको कुल कारोबार ६७ करोड १३ लाख रुपैयाँ पुगेको छ। यस ब्रोकरको खरिद÷बिक्री अनुपात१.१२४ रहेको छ, जसले खरिद पक्ष बलियो रहेको संकेत गर्दछ ।

त्यस्तै, ब्रोकर ३४ ले सबैभन्दा उच्च खरिद÷बिक्री अनुपात १.२३६ कायम राख्दै खरिद पक्षमा सक्रियता देखाएको छ भने ब्रोकर २८ ले १.२४९ को अनुपात देखाउँदै अझ बढी खरिदमुखी प्रवृत्ति देखाएको छ। विपरीत, ब्रोकर ४८ ले सबैभन्दा कम खरिद÷बिक्री अनुपात ०.८६१ देखाउँदै बिक्री पक्ष हावी रहेको देखिन्छ ।
कुल कारोबार रकमको आधारमा ब्रोकर ४५ र ३४ क्रमशः ५२ करोड ३८ लाख रुपैयाँ र ४७ करोड १ लाख रुपैयाँ बराबरको कारोबार गर्दै दोस्रो र तेस्रो स्थानमा छन्। बजारमा देखिएको यस्तो कारोबार प्रवृत्तिले के संकेत गर्छ भने केही ब्रोकरहरू दीर्घकालीन लगानीको लागि सेयर संकलन गर्दैछन् भने केही अल्पकालीन मुनाफा बुक गर्दैछन्, जसले आगामी दिनहरूमा बजारको उतारचढावमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।
आजको सेयर बजारमा ब्रोकरहरूको खरीद–बिक्री गतिविधि हेर्दा न्यादी हाइड्रोपावर ८८ नं. ब्रोकर ले कुल खरीदको ३७ दशमलव ९३ प्रतिशत सेयर खरिद गरेको छ भने बिक्रीतर्फ पनि सोही ब्रोकरले ३७ दशमलव ८१ प्रतिशत सेयर बिक्री गरेको छ । जुन म्याचिङ कारोबार हो ।
यस्तै, LSL मा ६४ नं. ब्रोकर ले कुल खरीदको ६६ दशमलव ५४ प्रतिशत सेयर किनेरको छ भने LSL नै ४८ नं. ब्रोकर ले कुल बिक्रीको ४८ दशमलव ७६ प्रतिशत सेयर बेच्दै प्रमुख स्थान ओगटेको छ ।
यस्तै, HIDCLP २८ नं. ब्रोकर ले कुल खरीदको ७५ दशमलव ०५ प्रतिशत सेयर खरिद गरेको छ ।
त्यस्तै, HEIP १६ नं. ब्रोकर ले खरीदतर्फ ६४ दशमलव ६६ प्रतिशत सेयर किनेर सक्रियता देखाएको छ भने बिक्रीतर्फ ७२ नं. ब्रोकर ले ९२ दशमलव ३५ प्रतिशत सेयर बेचेर ठूलो बिक्री चाप देखाएको छ ।t