·

६% निफ्रा हरित ऊर्जा डिबेन्चर २०८८/८९ को आवेदन म्याद जेठ २२ गतेसम्म थप

Author

NEPSE TRADING

६% निफ्रा हरित ऊर्जा डिबेन्चर २०८८/८९ को आवेदन म्याद जेठ २२ गतेसम्म थप

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले “६% निफ्रा हरित ऊर्जा डिबेन्चर २०८८/८९” को आवेदन म्याद जेठ २२ गतेसम्मका लागि बढाएको छ। वार्षिक ६% ब्याजदर रहेको यो डिबेन्चरको अवधि ७ वर्षको छ र यो डिबेन्चर जेठ १८ गतेदेखि आवेदन खुला गरिएको थियो। कुल ५० लाख इकाई (प्रति इकाई रु. १,००० अंकित दरमा) मध्ये ६०% अर्थात् ३० लाख इकाई निजी संस्थागत लगानीकर्तामार्फत निष्काशन गरिनेछ भने बाँकी ४०% अर्थात् २० लाख इकाई रु. २ अर्ब बराबरको सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरूका लागि सार्वजनिक निष्काशन गरिनेछ। सार्वजनिक निष्काशनमा ५% अर्थात् १ लाख इकाई म्युचुअल फण्डका लागि छुट्याइएको छ। यस डिबेन्चरबाट कुल रु. ५ अर्ब संकलन गर्ने लक्ष्य लिएको छ। निष्काशन व्यवस्थापकको रूपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहनेछ। लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।

Related News