प्रभु बैंकमा नेतृत्व परिवर्तन: निरज लम्साल कार्यवाहक सीईओ नियुक्त
Author
NEPSE TRADING

प्रभु बैंकले आफ्नो उच्च व्यवस्थापनमा महत्वपूर्ण परिवर्तन गर्दै वरिष्ठ उप–कार्यकारी अधिकृत (सीइओ) निरज लम्साललाई बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी तोकेको छ। बैंकका अध्यक्ष किशोर जंग कार्कीका अनुसार लम्सालले आइतबारदेखि कार्यवाहक सीईओको रूपमा औपचारिक जिम्मेवारी सम्हालेका छन्।
सीआईबीको सूचनापछि बैंकको तत्काल निर्णय
नेपाल केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले मंसिर ११ गते सार्वजनिक गरेको सूचनापछिको परिस्थिति व्यवस्थापन गर्दै बैंकले आफ्नो दैनन्दिन कार्य सम्पादनमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले लम्साललाई कार्यवाहक सीईओ नियुक्त गरेको हो।
यसअघि लम्साल बैंकमा वरिष्ठ उप–कार्यकारी अधिकृतको भूमिकामा रहेर महत्वपूर्ण प्रशासनिक तथा प्राविधिक जिम्मेवारी सम्हालिरहेका थिए।



