·

एनएमबी लघुवित्तको लाभांश नदिने निर्णय

Author

NEPSE TRADING

एनएमबी लघुवित्तको लाभांश नदिने निर्णय

फागुन १० गते बसेको एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृत गरी नियामक निकाय Nepal Rastra Bank मा पठाउने निर्णयसमेत गरेको हो। लघुवित्तले आर्थिक वर्ष २०७८/७९ पश्चात हालसम्म कुनै लाभांश वितरण गरेको छैन। उक्त वर्षमा कम्पनीले १० प्रतिशत बोनस शेयर तथा ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

Related News