·

विरगञ्जमा एबीसी सेक्युरिटिज र नेप्से ट्रेडिङको संयुक्त आयोजनामा एकदिने शेयर मार्केट तालीम तथा इन्भेष्टर प्रो मिट

Author

NEPSE TRADING

विरगञ्जमा एबीसी सेक्युरिटिज र नेप्से ट्रेडिङको संयुक्त आयोजनामा एकदिने शेयर मार्केट तालीम तथा इन्भेष्टर प्रो मिट

विरगञ्ज । एबीसी सेक्युरिटिज ब्रोकर नं. १७ र नेप्से ट्रेडिङको संयुक्त आयोजनामा यही २०८२ साल फागुन ९ गते विरगञ्जमा एकदिने शेयर बजार सम्बन्धी तालीम तथा ‘एबीसी सेक्युरिटिज इन्भेष्टर प्रो मिट’ कार्यक्रम आयोजना हुने भएको छ।

लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान, सीप तथा व्यवहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रममा बजारका अनुभवी तथा दिग्गज व्यक्तित्वहरूको सहभागिता रहनेछ। कार्यक्रममा बजार जानकार नितिश कुमार अग्रवाल, प्रविधिक विश्लेषक सन्दीपकुमार चौधरी, विश्लेषक सुवासभन्द्र ढुंगाना, अग्रज लगानीकर्ता छोटेलाल रौनीयार, अनुभवी विश्लेषक नवराज सिलवाल तथा वित्त विज्ञ जगन्नाथ ढुंगेलले आफ्नो अनुभव तथा विचार प्रस्तुत गर्ने आयोजकले जनाएको छ।

कार्यक्रममा एबीसी सेक्युरिटिज ब्रोकर नं. १७ का ग्राहकहरूले निःशुल्क प्रवेश पाउने व्यवस्था गरिएको छ। साथै, नयाँ खाता खोल्ने लगानीकर्तालाई पनि निःशुल्क सहभागी गराइने आयोजकले जानकारी दिएको छ।

यसका अतिरिक्त, कार्यक्रममा सहभागी हुने व्यक्तिहरूले २,५०० रुपैयाँ बराबरको अनलाइन कक्षा निःशुल्क प्राप्त गर्ने अवसरसमेत पाउनेछन्। यसले लगानीकर्ताको सीप अभिवृद्धि तथा दीर्घकालीन लगानी संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।

शेयर बजारप्रति चासो राख्ने नयाँ तथा पुराना लगानीकर्ताका लागि उपयोगी मानिएको उक्त कार्यक्रमले विरगञ्जसहित आसपासका क्षेत्रका लगानीकर्तालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

https://nepsetrading.com/training?type=seminars

Related News