·

सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये आधाभन्दा बढीको बुक भ्यालु सयभन्दा कम

Author

NEPSE trading

सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये आधाभन्दा बढीको बुक भ्यालु सयभन्दा कम

पछिल्लो त्रैमासिक वित्तीय विवरणअनुसार नेपालको हाइड्रोपावर क्षेत्र गम्भीर वित्तीय दबाबमा रहेको देखिएको छ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ८९ वटा जलविद्युत् कम्पनीमध्ये ३१ वटा कम्पनीको आम्दानी ऋणात्मक (Negative EPS) देखिएको छ। यो संख्या कुल सूचीकृत हाइड्रोको ३४ प्रतिशत हो।

सहास ऊर्जा (SAHAS) ले सबैभन्दा धेरै प्रतिकम्पनी आम्दानी (EPS) देखाएको छ। उसले तेस्रो त्रैमाससम्म २९ रुपैयाँ ४१ पैसा प्रति सेयर आम्दानी गर्न सफल भएको छ। तर, अर्को पाटोमा मन्दाकिनी हाइड्रोपावर (MCHL) ले सबैभन्दा खराब नतिजा देखाएको छ— त्यसको EPS माइनस ४५ रुपैयाँ ३ पैसा पुगेको छ।

बुक भ्यालु (Book Value) को हिसाबले पनि कम्पनीहरूको अवस्था उत्साहजनक छैन। बुटवल पावर कम्पनी लिमिटेड (BPCL) को बुक भ्यालु सबैभन्दा उच्च, २०७ रुपैयाँ ६० पैसा देखिएको छ। तर, दिव्यज्योति हाइड्रोपावर (DHPL) को बुक भ्यालु ५ रुपैयाँभन्दा पनि तल झरेर ४ रुपैयाँ ५३ पैसा मात्र रहेको देखिएको छ।

अझ चर्को त के छ भने ८९ वटा कम्पनीमध्ये ४८ वटा कम्पनीको बुक भ्यालु सय रुपैयाँभन्दा तल छ। अर्थात् कुल सूचीकृत कम्पनीमध्ये ५४ प्रतिशत कम्पनीको वास्तविक सम्पत्ति मूल्य पनि सन्देहास्पद अवस्थामा पुगेको छ।

Related News