·
शान्ति सुरक्षाको माग गर्दै नेपाल धितोपत्र बोर्ड कर्मचारी संगठनको प्रेस विज्ञप्ति
Author
Nepse trading

नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन, खुमलटार, ललितपुरले हालै राजधानीमा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। संगठनले घटनाको निन्दा गर्दै शान्ति, सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग आग्रह गरेको छ। प्रेस विज्ञप्तिमा सुरक्षित वातावरणको लागि तुरुन्तै प्रभावकारी कदम चाल्न माग गरिएको छ।
विज्ञप्तिमा राजनीतिक स्थायित्व, कानुनी शासन र नागरिक सुरक्षाको सुनिश्चितता गर्न सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख छ। हिंसा र अराजकताले देशको लोकतान्त्रिक प्रक्रिया तथा आर्थिक स्थायित्वमा प्रतिकूल असर पर्ने भन्दै जिम्मेवार निकायलाई उचित कदम चाल्न अनुरोध गरिएको छ।
