नेपाली बैंकहरूको कर्जा गुणस्तरमा प्रश्न : लोन एभरग्रिनिङको आशंका
Author
Nepse trading

नेपालका दश ठूला बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षणका लागि राष्ट्र बैंकले ६ परामर्शदाता छनोट गरेको छ। श्रीलङ्काको डिलोइट पार्टनर्स, बंगलादेशको हाउलेदर युनुस एण्ड कम्पनीसहित चार भारतीय कम्पनी यो सूचीमा परेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ ) र विश्व बैंकले नेपाली बैंकहरूको कर्जा लगानीमा प्रश्न उठाउँदै आएका छन्। खासगरी, पुरानो ऋण चुक्ता गर्न नसक्ने ऋणीहरूलाई नयाँ कर्जा दिएर ‘लोन एभरग्रिनिङ’ गरेको आशंकाले यो परीक्षण गर्न लागिएको हो।
आईएमएफको २०२० को आर्टिकल फोर परामर्श र विश्व बैंकको २०१४ को रिपोर्टले नेपाली बैंकहरूको वास्तविक स्वास्थ्यबारे शंका व्यक्त गरेका थिए। ओभरड्राफ्ट र चालु पुँजी कर्जा कुल कर्जाको ४०% सम्म पुगेकोमा चासो देखाइएको छ। उच्च ब्याजदरले कर्जाको गुणस्तर खस्किएको र खराब कर्जा लुकाएर लाभांश वितरण गरेको हुन सक्ने आशंका पनि छ। यही कारण सम्पत्तिको गुणस्तर परीक्षणले बैंकिङ प्रणालीको जोखिम पत्ता लगाउने अपेक्षा गरिएको छ।