·
हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८% नगद लाभांश प्रस्ताव, माघ ६ मा साधारण सभा
Author
NEPSE TRADING

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (HEI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न ३२औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले माघ ६ गते, अनमोल ब्याङ्केट, शंखमुल, काठमाडौँमा बिहान ११ बजे साधारण सभा आयोजना गर्नेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २१ गते बुकक्लोज गर्ने जनाएको छ। यस अनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरू साधारण सभामा सहभागी हुन तथा घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।


