·

बचत तथा ऋण सहकारीलाई ६० दिनभित्र अनिवार्य दर्ता हुन राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आह्वान

Author

NEPSE TRADING

बचत तथा ऋण सहकारीलाई ६० दिनभित्र अनिवार्य दर्ता हुन राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आह्वान

बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षण मजबुत बनाउने उद्देश्यले स्थापना भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले देशभरिका सहकारी संस्थालाई अनिवार्य रूपमा प्राधिकरणमा दर्ता हुन आग्रह गरेको छ। दर्ता प्रक्रिया आजदेखि सुरु भएको छ र सहकारी संस्थाले ६० दिनभित्र अनलाइनमार्फत दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ।

यसका लागि प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–०८२’ (पहिलो संशोधन) जारी गर्दै दर्ता प्रक्रिया विद्युतीय प्रणाली (अनलाइन पोर्टल) मार्फत हुनेछ भनेर स्पष्ट पारेको छ। सो अनलाइन पोर्टल प्राधिकरणले बुधबार सार्वजनिक गर्दैछ, र पोर्टल सार्वजनिक भएपछि मात्र दर्ताका लागि तोकिएको म्याद गणना सुरु हुनेछ।

प्राधिकरणमा दर्ता गर्दा सहकारी संस्थाले तोकिएको शुल्क तिर्नुपर्ने व्यवस्था छ। शुल्क सहकारीको कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्वका आधारमा निर्धारण गरिएको छ। मापदण्डअनुसार शुल्क संरचना यस्तो छ:

  • २ करोडसम्म कुल सम्पत्ति भएका सहकारी: १,००० रुपैयाँ

  • २ करोड–१० करोड सम्म: ३,००० रुपैयाँ

  • १० करोड–२५ करोड सम्म: ५,००० रुपैयाँ

  • २५ करोड–५० करोड सम्म: ७,००० रुपैयाँ

  • ५० करोड–१ अर्ब सम्म: १०,000 रुपैयाँ

  • १ अर्बभन्दा बढी कुल सम्पत्ति भएका सहकारी: १५,००० रुपैयाँ

प्राधिकरणले दर्ता प्रक्रिया अनिवार्य बनाउँदै सहकारी क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र उत्तरदायी बनाउने लक्ष्य रहेको जनाएको छ। दर्ता नगर्ने सहकारी संस्थामाथि आवश्यक कानुनी कारबाही हुने चेतावनी समेत प्राधिकरणले दिएको छ।

Related News