रिभर फल्स पावर लिमिटेडका अविक्रीत हकप्रद सेयरको लिलामी आज बन्द हुँदै
Author
NEPSE TRADING

रिभर फल्स पावर लिमिटेड (RFPL) ले अविक्रीत हकप्रद सेयरको लिलामी आज मङ्सिर ३ गते बन्द गर्दैछ। कम्पनीले अघिल्लो १:१ अनुपातको हकप्रद जारीबाट बाँकी रहेका १० लाख ३८ हजार ९२४ कित्ता हकप्रद सेयरको लिलामी कात्तिक २६ गतेदेखि सञ्चालनमा ल्याएको थियो।
कम्पनीका अनुसार ५९ लाख ६१ हजार ७६ (८५.१५%) कित्ता हकप्रद सेयर योग्य आवेदकहरूलाई छुट्याइएको थियो। तर, १० लाख ३८ हजार ९२४ कित्ता सेयर लगानीकर्ताले नलिएको हुँदा अविक्रीत अवस्थामा रह्यो।
जारी गरिएको कुल हकप्रद सेयरमध्ये २२ लाख २४ हजार १७३ कित्ता मात्रै योग्य सेयरधनीहरूलाई बाँडफाँड भएको र बाँकी १४.८५ प्रतिशत अर्थात् १० लाख ३८ हजार ९२४ कित्ता सेयर सर्वसाधारणका लागि लिलामीमा राखिएको कम्पनीले जनाएको छ। यो सेयर अघिल्लो भदौ २३ गतेदेखि असोज २६ गतेसम्म जारी गरिएको १:१ अनुपातको हकप्रदको अविक्रीत हिस्सा हो।
लिलामीमा व्यक्तिगत तथा संस्थागत सबै प्रकारका लगानीकर्ताले सहभागिता जनाउन सक्नेछन्। लिलामीको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। सामान्य हकप्रद सेयरका लागि न्यूनतम १०० कित्ताको बोलपत्र अनिवार्य छ। चाहानेले पूरै अविक्रीत सेयरमा पनि बोलकबोल गर्न सक्नेछन्, तर नियामक बोर्डले तोकेको अधिकतम सीमाभन्दा बढी सेयरमा बोलकबोल गर्न पाइने छैन।
यस लिलामीको इश्यु म्यानेजर एलएस प्रभु लिमिटेडलाई तोकिएको छ। कंपनीले आज लिलामी बन्द भएपछि सबै बोलपत्रको मूल्यांकन प्रक्रिया अघि बढाउने जनाएको छ।



