सगरमाथा जलविद्युतले १००% हकप्रद निष्काशनका लागि साधारण सभा बोलायो
Author
NEPSE TRADING

सगरमाथा जलविद्युत कम्पनी लिमिटेड (SMJC) ले शतप्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा आगामी मंसिर २६ गते, शुक्रबार, काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभामा कम्पनीको कायम चुक्ता पूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँमा १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनु, लेखापरीक्षक नियुक्ति, संस्थागत जमानी तथा सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्नेजस्ता अन्य एजेन्डामा पनि छलफल हुनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भएको अवस्थामा कायम रहेका शेयरधनीहरुले साधारण सभामा सहभागी हुन पाउनेछन्।



