·

साल्ट ट्रेडिङ कर्पोरेसनले १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा गर्यो

Author

NEPSE trading

साल्ट ट्रेडिङ कर्पोरेसनले १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा गर्यो

साल्ट ट्रेडिङ कर्पोरेसनले १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिएको छ। कम्पनीले चैत ८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो। चैत ८ गतेपछि डिम्याट गर्नेहरुको बोनस पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ। अनिमात्र बोनस सेयर जम्मा हुनेछ। साल्ट ट्रेडिङले आर्थिक वर्ष २०७९–८० को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

Related News