·

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १०.१७८० प्रतिशत नगद लाभांश घोषणा

Author

NEPSE TRADING

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १०.१७८० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूका लागि नगद लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट आवश्यक स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भइसकेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।

कम्पनीले स्थिर वित्तीय प्रदर्शनका आधारमा सेयरधनी हितलाई ध्यानमा राख्दै लाभांश प्रस्ताव गरिएको जनाएको छ ।

Related News