·

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १०.१७८० प्रतिशत नगद लाभांश दिने

Author

NEPSE TRADING

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १०.१७८० प्रतिशत नगद लाभांश दिने

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड (SRLI) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने निर्णय गरेको हो। मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश प्रस्ताव गरेको छ। नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै यो लाभांश शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।

Related News