·

साल्पा विकास बैंकलाई आईपीओ निष्कासन अनुमति, १७ लाख २३ हजार ८८० कित्ता शेयर सर्वसाधारणमा बिक्री हुने

Author

NEPSE TRADING

साल्पा विकास बैंकलाई आईपीओ निष्कासन अनुमति, १७ लाख २३ हजार ८८० कित्ता शेयर सर्वसाधारणमा बिक्री हुने

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साल्पा विकास बैंकलाई सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने अनुमति प्रदान गरेको छ। सेबोनले बैंकलाई १७ लाख २३ हजार ८८० कित्ता शेयर सर्वसाधारण समूहमा बिक्री गर्न स्वीकृति दिएको हो।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। बैंकले १ सय रुपैयाँ अंकित मूल्यका दरले शेयर निष्कासन गर्ने छ। साल्पा विकास बैंक विकास बैंक समूहअन्तर्गत पर्ने वित्तीय संस्था हो।

कम्पनीले कुल ५२ लाख २३ हजार ८८० कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ। यसमध्ये ३३ प्रतिशत हिस्सा सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ६७ प्रतिशत हिस्सा संस्थापक समूहको हुनेछ। सेयर निष्कासनपछि बैंकको पुँजी संरचना थप मजबुत हुने अपेक्षा गरिएको छ।

Related News