पुस ६ गते पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
Author
NEPSE TRADING

काठमाडौं । पुस ६ गते आइतबार पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल्स, सिंगटी हाइड्रो इनर्जी र नेपाल हाइड्रो डेभलोपर लिमिटेड को लाभांश सुरक्षित गर्न सकिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी सबै कम्पनीहरूले पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसअनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले सम्बन्धित कम्पनीहरूको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
महालक्ष्मी विकास बैंक ले पुस २१ गते सोमबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा २४औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। बिहान १० बजे सुरु हुने सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै प्रबन्धपत्र तथा नियमावली संशोधन, कर्पोरेट भवनका लागि जग्गा वा भवन खरिद, सञ्चालक निर्वाचन, स्वतन्त्र सञ्चालक नियुक्ति र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पनि पेश हुनेछन्।
नेपाल लाइफ इन्स्योरेन्स ले पुस १९ गते शनिबार होटल भिष्वा, वीरगञ्जमा २६औँ वार्षिक साधारण सभा बोलाएको छ। बिहान ९ बजे सुरु हुने सभाले ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै सञ्चालक निर्वाचन, प्रबन्धपत्र तथा नियमावली संशोधन र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछ।
तारागाउँ रिजेन्सी होटल्स ले पुस २३ गते बुधबार नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा २९औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। बिहान ११ बजे सुरु हुने सभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण, प्रबन्धपत्र तथा नियमावली संशोधन तथा लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्ताव पारित गर्नेछ।
सिंगटी हाइड्रो इनर्जी ले पुस २१ गते सोमबार धुम्रबराह भेन्यु, धुम्बाराही, काठमाडौंमा १६औँ वार्षिक साधारण सभा बोलाएको छ। बिहान ११ बजे सुरु हुने सभाले ५ प्रतिशत बोनस शेयर वितरण र बोनस शेयरपछि कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै अन्य आयोजनामा लगानी, कर्पोरेट बैंक ग्यारेन्टी र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्तावहरू पनि समेटिएका छन्।
त्यस्तै, नेपाल हाइड्रो डेभलोपर लिमिटेड ले पुस २३ गते अम्रपाली बैंक्वेट, भाटभटेनी, काठमाडौंमा १९औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। बिहान ११ बजे सुरु हुने सभाले ९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन र प्रबन्धपत्र संशोधनसम्बन्धी प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।


