·

सिनर्जी पावर डेवलपमेन्ट लिमिटेडको वार्षिक साधारण सभा पुनः स्थगित, 'अण्डा पहिला कि चल्ला पहिला?' भन्ने विवादले भाडभैलो

Author

NEPSE TRADING

सिनर्जी पावर डेवलपमेन्ट लिमिटेडको वार्षिक साधारण सभा पुनः स्थगित, 'अण्डा पहिला कि चल्ला पहिला?' भन्ने विवादले भाडभैलो

सिनर्जी पावर डेवलपमेन्ट लिमिटेडको १९ औं वार्षिक साधारण सभा दुईपटक स्थगित भएको छ, र यसको मुख्य कारण बनेको छ ‘अण्डा पहिला कि चल्ला पहिला?’ भन्ने विवाद। यस घटनाले कम्पनीको भविष्य र नेतृत्वमा गम्भीर प्रश्न उठाएको छ।

कम्पनीको साधारण सभा स्थगित हुनुको प्रमुख कारण पुरानो र नयाँ संचालक समिती बीचको द्वन्द्व हो। पुरानो संचालक समितीले कोरम पूरा गर्न सिग्नेचर खोजेका थिए भने नयाँ समितीमा जान चाहानेले प्रोक्सीको विवरण मागेका थिए। कुरो नमिल्दा, सभा अध्यक्ष हल छोडेर हिडेका थिए। यसपछि कम्पनी सचिवले सभा स्थगित भएको जानकारी दिएका छन्।

यस घटनामा नक्कली प्रोक्सीको विरोध गर्दै साधारण सभा स्थगित गरिएको थियो र केही लगानीकर्ताले बाउन्सर प्रयोग गरेर धम्क्याएको आरोप पनि लगाएका छन्। प्रहरीको हस्तक्षेपको आवश्यकता परेको अवस्था पनि उत्पन्न भएको छ।

कम्पनीले भने कि अराजक समूहको दादागिरी र धम्कीका कारण सभा सञ्चालन गर्न नसकेको जनाएको छ। यस घटनामा कम्पनीका कर्मचारी र निर्वाचन अधिकृतमाथि दबाब र धम्की दिइएको थियो।

अब प्रश्न उठ्छ, कम्पनीका सात जना संचालक पद रिक्त भए पनि, एक जना स्वतन्त्र संचालकको साथमा केवल चार जना संचालकको सूची प्रकाशित गरिएको छ। यस घटनाले कम्पनीको व्यवस्थापन र लगानीकर्ताको विश्वासमा ठूलो प्रश्न उठाएको छ।

कम्पनीले यस घटनालाई खेद व्यक्त गर्दै औपचारिक विज्ञप्ति जारी गरेको छ र भविष्यमा यस्ता अराजक गतिविधिहरूको रोकथाम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Related News