सिनर्जि पावरको साधारण सभामा भाडभैलो: सभा नै स्थगित, नक्कली प्रोक्सीको जालो !
Author
NEPSE TRADING

सिनर्जि पावर डेवलपमेन्ट लिमिटेडको १९ औं साधारण सभा निर्वाचन अधिकृत संजीव लामाका अनुसार स्थगित गरिएको छ। लामाका अनुसार उम्मेदवारहरुले सहि नगरेका कारण सभा र निर्वाचन भाडिएको हो। निर्वाचनका विभिन्न उम्मेदवारहरूले भने आफूहरूले प्रोक्सी कति भ्यालीड र कति इनभ्यालीड भएको बारेमा जानकारी मागेका थिए, तर निर्वाचन अधिकृतले जानकारी नदिएका कारण आफुहरु बाहिरीएको उम्मेदवारले दावी गरेका छन् ।
उम्मेदवारहरूको दाबी अनुसार, साधारण सभाको दिनमा उम्मेदवारलाई नै आफ्नै प्रोक्सीको जानकारी नदिएको र चुनावी प्रक्रिया मर्यादित नभएको आरोप पनि लगाएका छन्। उनीहरूले थप आरोप लगाउँदै भनेका छन् कि बाउन्सर राखेर धम्क्याउने काम भएको हो।
निवाचन प्रक्रिया बारे छलफल गर्ने उम्मेदवारहरूले निर्वाचन अधिकृतबाट पर्याप्त सूचना नपाएको भन्दै सूचना प्राप्त गर्ने आफ्नो अधिकारबाट वञ्चित भएको र यसमा निर्वाचन अधिकृतको संलग्नता रहेको आशंका गरेका छन्।
यसैगरी, हालैका केही घटनामा गणपुरक संख्या नपुगेको कारणले विभिन्न कम्पनीहरूको साधारण सभा स्थगित भएको छ। विशेष गरी प्रमोटर शेयरधनीहरूले संचालक समिति बढाउँदा पब्लीकलाई बेवास्ता गर्दै आफ्ना हरूलाई मात्रै नियुक्त गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
यसको अतिरिक्त, सिनर्जि पावरको संचालक समितिको ७ जना पद रिक्त भए पनि, एक जना स्वतन्त्र संचालकको साथमा ४ जना मात्र संचालकको सुचना प्रकाशित गरिएको र नियावलीमा कुनै परिवर्तन नगरी अवैध काम गरेको आरोप लगाइएको छ।


