·

चालु खाता र शोधनान्तर बचतले उचाइ चुम्यो, अर्थतन्त्र सुधारिएको हो ?

Author

Dipesh Ghimire

चालु खाता र शोधनान्तर बचतले उचाइ चुम्यो, अर्थतन्त्र सुधारिएको हो ?

नेपालको चालु खाता र शोधनान्तर बचत निरन्तर बढ्दै जान थालेको एक तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक वर्षको नौ महिना सम्म चालु खाता बचत १ खर्ब ७९ अर्ब ४८ करोड पुगेको छ । जुन नेपाल राष्ट्रबैंले भनेको छ ।

रेमिट्यान्समा देखिएको प्रभाव तथा गत वर्षको तुलनामा व्यापार घाटामा देखिएको कमीले चालु खातासँगै शोधनान्तर बचतमा पनि सकारात्मक प्रभाव परेको विज्ञले बताएका छन् । गत आव तेस्रो त्रैमाससम्म ६० अर्ब ४३ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालु आवमा भने ऐतिहासिक बचतमा गएको छ ।

फागुन मसान्तमा १ खर्ब ६६ अर्ब ८७ करोड बचतमा रहेको चालु खाता चैतमा अझै बढेको हो ।

चालु आव नौ महिनामै शोधनान्तर बचत गत आवभन्दा बढेर साढे ३ खर्ब पुगेको छ ।

Related News