·

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने आज अन्तिम दिन

Author

NEPSE TRADING

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणमा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने आज (भदौ १५) अन्तिम दिन हो।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत बराबर ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ अर्थात् ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति दिएको थियो।

यसअन्तर्गत १० प्रतिशत अर्थात् ३ लाख ९ हजार ९३८ कित्ता शेयर विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको माग गर्दै आवेदन दिन सक्नेछन्।

उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

Related News