एपोलो हाइड्रोपावर लिमिटेड को वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Author
NEPSE TRADING

एपोलो हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (फागुन १४) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएकोमध्ये ९४ हजार कित्ता शेयर विदेशमा कार्यरत नेपालीहरुका लागि छुट्याएको हो।
प्रतिकित्ता १०० रुपैयाँ अंकित दर रहेको उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको ६ मेगावाटको बुकु खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रहेको छ। आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ भने कम्पनीलाई केयर रेटिङ्ग नेपाल ले ‘केयरएनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ।


