युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको १०% हकप्रद सेयर निष्काशन, फागुन १७ मा बुक क्लोज
Author
NEPSE TRADING

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (यूएआईएल) ले आफ्नो १० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि फागुन १७, २०८२ लाई बुक क्लोज मिति तोकेको छ। फागुन १६ सम्म सेयर कायम रहेका सेयरधनीहरू हकप्रद सेयरका लागि आवेदन दिन योग्य हुनेछन्।
कम्पनीले हालका सेयरधनीहरूलाई १:०.१० को अनुपातमा २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य २३ करोड १० लाख रुपैयाँ रहेको छ। यो हकप्रद सेयर पुँजी विस्तारको उद्देश्यसहित जारी गर्न लागिएको हो।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी बढेर करिब २ अर्ब ३३ करोड रुपैयाँ पुग्नेछ।
यस हकप्रद सेयर निष्काशनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ। पछिल्लो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५६ रुपैयाँ ६० पैसामा बन्द भएको थियो।


