·
SuryaJyoti Life Insurance Announces Sale of Promoter Shares
Author
NEPSE TRADING

काठमाडौं । SuryaJyoti Life Insurance Company Limited का एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको २ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएका छन्। कम्पनीले जारी गरेको सूचनाअनुसार उक्त शेयर बिक्रीका लागि आवश्यक निर्णय सञ्चालक समितिबाट भइसकेको छ।उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता कम्पनीका हाल कायम संस्थापक शेयरधनीहरूलाई दिइने व्यवस्था गरिएको छ। बीमा क्षेत्रको प्रचलित नियम तथा ‘संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ अनुसार नै प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ।इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको शेयर रजिस्ट्रार NIC Asia Capital Limited को कार्यालय, थापाथलीस्थित ट्रेड टावरमा आवेदन दिनुपर्नेछ। आवेदन दिँदा खरिद गर्न चाहेको शेयर संख्या र प्रस्तावित दर उल्लेख गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने व्यवस्था रहेको छ।तोकिएको समयसीमाभित्र संस्थापक समूहबाट माग नआएमा भने बाँकी शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।



