·
नेपालमा ८ महिनामा ६,४०० विद्युतीय गाडी भित्रिए, सबैभन्दा धेरै आयात चीनबाट
Author
NEPSETRADING

चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ८ महिनामा नेपाल मा ६ हजार ४०० वटा विद्युतीय गाडी (कार, जीप र भ्यान) भित्रिएका छन् । भन्सार विभागका अनुसार यी ईभी आयातबाट ९ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको छ भने कुल १४ अर्ब ९६ करोड रुपैयाँ बराबरको ईभी आयात भएको हो । यो अवधिमा सबैभन्दा धेरै ईभी चीन बाट भित्रिएका छन्, जसको हिस्सा ६९ प्रतिशत रहेको छ । चीनबाट मात्रै ४ हजार ३९९ वटा ईभी आयात भएका छन् । त्यसपछि भारत बाट १ हजार ५३३ वटा ईभी आयात भएको छ, जसको हिस्सा २३ प्रतिशत रहेको छ । यसबाहेक थाइल्याण्ड, संयुक्त राज्य अमेरिका, जर्मनी, दक्षिण कोरिया, अष्ट्रेलिया र बेलायत बाट पनि थोरै संख्यामा ईभी नेपाल भित्रिएका छन् ।



