·
एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
Author
NEPSE TRADING

एपोलो हाइड्रोपावर लिमिटेडले आज (चैत २६ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याएको हो । कम्पनीले जारी पूँजीको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा बाँकी ७ लाख ८० हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक गरेको हो। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा चैत ३० गते र ढिलोमा २०८३ बैशाख १० गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ। कम्पनीले ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसको कुल लागत १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रहेको छ। आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ र लगानीकर्ताले सि–आस्बा प्रणाली वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।



