·

एशियन लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयर लिलाम, आज अन्तिम दिन

Author

NEPSE TRADING

एशियन लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयर लिलाम, आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले अवितरित हकप्रद शेयर लिलाममा ल्याएको छ। उक्त लिलाममा बोलपत्र पेश गर्ने आज (असोज ५) अन्तिम दिन रहेको कम्पनीले जनाएको छ।

कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा निष्कासन गरेको हकप्रद शेयरमा आवेदन नपरेका शेयरलाई लिलामी बिक्रीमा ल्याएको हो। यसअन्तर्गत संस्थापक समूहतर्फबाट ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फबाट ३ लाख २८ हजार ४७३.९१ कित्ता शेयर लिलाममा राखिएको छ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य उल्लेख गरी बोलपत्र पेश गर्नुपर्नेछ। आवेदन गर्दा संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहका लागि न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ। अधिकतम संख्यामा भने कुनै सीमा तोकिएको छैन।

यस लिलामीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा — ठिमी (भक्तपुर), कुमारीपाटी (ललितपुर), बिर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा (पोखरा), बाग्लुङ्ग, बुटवल, घोराही (दाङ), नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर — बाट पनि बोलपत्र पेश गर्न सक्ने व्यवस्था मिलाइएको छ।

Related News