·
दराज नेपालको ‘द रियल सेल’ चैत १ देखि, ६० प्रतिशतसम्म छुट र विशेष अफर
Author
NEPSE TRADING

काठमाडौं । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ‘द रियल सेल’ नामक विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार उक्त सेल चैत १ गते बेलुका ८ बजेदेखि सुरु भई चैत ६ गतेसम्म सञ्चालन हुनेछ।अभियान अवधिभर ग्राहकहरूले विभिन्न उत्पादनहरूमा अधिकतम ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने दराजले जनाएको छ। साथै, छनोट गरिएका वस्तुहरूमा निःशुल्क डेलिभरीको सुविधा उपलब्ध गराइनेछ भने कुल ६३ लाख रुपैयाँ बराबरका भौचर पनि ग्राहकहरूलाई प्रदान गरिने कम्पनीले जनाएको छ।दराजका अनुसार यस सेलमा विभिन्न अन्तर्राष्ट्रिय तथा लोकप्रिय ब्रान्डहरूसँग साझेदारीमा विशेष अफरहरू पनि उपलब्ध गराइनेछ। प्लाटिनम पार्टनरका रूपमा चर्च एन्ड ड्वाइट र रोहटोका उत्पादनहरूमा ४४ प्रतिशतसम्म छुट दिइनेछ भने गोल्ड पार्टनर ब्रान्डहाउसका सामानहरूमा ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। त्यसैगरी, सिल्वर पार्टनर नाइकका उत्पादनहरूमा ५० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ।यसपटक पनि ‘बेस्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा डबल प्राइस डिफ्रेन्स रिफन्ड योजना लागू हुने दराजले जनाएको छ। यदि ग्राहकले नेपालभित्रको कुनै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजभन्दा सस्तो भेट्टाएमा आवश्यक सर्त पूरा गरेपछि मूल्य फरकको दोब्बर रकम फिर्ता गरिने कम्पनीको भनाइ छ।दराजका अनुसार उक्त अभियानमार्फत स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर तथा गृह सजावट लगायत विभिन्न श्रेणीका उत्पादनहरूमा आकर्षक अफरहरू उपलब्ध गराइनेछ। कम्पनीले यस अभियानले देशभरका ग्राहकलाई सहज, सुरक्षित र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।सन् २०१५ मा स्थापना भएको दराज दक्षिण एसियाको प्रमुख ई–कमर्स प्लेटफर्ममध्ये एक हो। दराजले नेपालसहित पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा आफ्नो सेवा विस्तार गर्दै आएको छ।




