·
बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो
Author
NEPSETRADING

चैत १२ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले घटेर २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा यही सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ भने आज चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ८२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।



