नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो, सुन ३ लाख १३ हजार २०० रुपैयाँमा
Author
NEPSE TRADING

फागुन २५ गते, सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुन प्रतितोला ३ हजार ७०० रुपैयाँले घटेको हो। आइतबार प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी प्रतितोला ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी प्रतितोला ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो। सुन र चाँदी दुवैको मूल्यमा आएको गिरावटले बजारमा सामान्य सुधार देखिएको व्यवसायीहरूले बताएका छन्।




