·
नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो
Author
NEPSETRADING

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन आइतबार २ लाख ८६ हजार रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ७०० रुपैयाँ पुगेको छ, जबकि आइतबार चाँदी प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो। चैत १६ गते सोमबार नेपाली बजारमा सुनचाँदी दुवै धातुको मूल्य घटेको महासंघले जनाएको छ।



