·
सुन–चाँदीको मूल्यले तोड्यो नयाँ रेकर्ड, ऐतिहासिक उचाइमा कारोबार
Author
NEPSE TRADING

माघ ११ गते, आइतबार, नेपाली बजारमा सुन तथा चाँदीको मूल्यले पुनः ऐतिहासिक उचाइ कायम गरेको छ। पछिल्ला दिनहरूमा लगातार वृद्धि हुँदै आएको सुन र चाँदीको मूल्यले यस दिन नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ, जुन गत शुक्रबार कायम ३ लाख १ हजार ४०० रुपैयाँको रेकर्डभन्दा उच्च हो। यसैगरी, चाँदीको मूल्य पनि तोलामा २९० रुपैयाँले वृद्धि भई प्रतितोला ६ हजार ४८० रुपैयाँ पुगेको छ। गत शुक्रबार प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदीले समेत नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ।


