·
नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर
Author
NEPSETRADING

चैत २२ गते आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। यस दिन सुनको मूल्य गत बिहीबार कायम भएको दरमै स्थिर रहँदा चाँदीको मूल्य पनि शुक्रबार निर्धारण गरिएको मूल्यकै आधारमा कारोबार भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ, जुन मूल्य पछिल्ला दुई दिनदेखि स्थिर छ। त्यस्तै, चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ।



