·
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
Author
NEPSETRADING

चैत १० गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा विपरीत चलन देखिएको छ। सुनको मूल्य प्रतितोला १,६०० रुपैयाँले घटेर २,७३,९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला २,७५,५०० रुपैयाँ थियो। पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घट्दै आएको छ।त्यसैगरी, चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले बढेर ४,५०५ रुपैयाँमा पुगेको छ। सोमबार चाँदी प्रतितोला ४,४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।




