·
बजारमा सुन स्थिर, चाँदीको मूल्यमा वृद्धि
Author
NEPSETRADING

चैत २० गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज पनि प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमै कारोबार भइरहेको छ, जुन बिहीबारकै मूल्य कायम रहेको हो। यता, चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चार हजार ८३० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।




