·
चैत ११ मा सुन प्रतितोला १४ हजार ६०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
Author
NEPSETRADING

चैत ११ गते, बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १४ हजार ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ, जुन मंगलबार प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४१५ रुपैयाँले वृद्धि भई आज प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि मंगलबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो। सुनचाँदीको मूल्यमा एकैदिन उल्लेख्य वृद्धि भएपछि बजारमा लगानीकर्ताहरूको चासो पनि बढेको देखिएको छ।



