·
एआई प्रयोग गरेर सार्वजनिक वित्त प्रणाली डिजिटल बनाउने सरकारको तयारी
Author
NEPSETRADING

सरकारले नेपालको अर्थतन्त्रको डिजिटल मेरुदण्ड सुदृढ गर्ने लक्ष्यसहित बजेट निर्माणदेखि कर प्रणालीसम्म आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालयलाई बुझाइएको एक प्रतिवेदनले आगामी पाँच वर्षभित्र सार्वजनिक वित्त व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल रूपान्तरण गर्दै बजेट, कर प्रशासन, भन्सार र कोष व्यवस्थापन प्रणालीलाई एउटै प्लेटफर्ममा एकीकृत गर्ने योजना अघि सारेको छ। प्रतिवेदनमा बिग डेटा र एआईको प्रयोगमार्फत यथार्थपरक बजेट निर्माण, फेसलेस ट्याक्स अडिट, विद्युतीय बीजक प्रणालीको स्वतः कर समायोजन, र भन्सार नाकाहरूमा अत्याधुनिक प्रविधि प्रयोग गरी राजस्व चुहावट नियन्त्रण गर्ने उल्लेख गरिएको छ। साथै सुरक्षित वित्तीय डाटा सेन्टर स्थापना, राष्ट्रिय डेटा एक्सचेन्ज प्लेटफर्म विकास र सूचना प्रविधिमा दक्ष जनशक्ति तयार गर्ने व्यवस्था समेत प्रस्ताव गरिएको छ, जसले सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी, सुरक्षित र प्रविधिमैत्री बनाउने विश्वास गरिएको छ।




